रास्वपाले बोलायाे संसदीय दल र केन्द्रीय समितिको बैठक, सरकारमा सहभागिताका विषयमा निर्णय हुने
काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय कार्यालयमा संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठक बोलाएको छ।
पार्टीका महामन्त्री तथा प्रवक्ता मुकुल ढकालका अनुसार सरकारमा सहभागिताका विषयमा छलफल तथा निर्णयका लागि संयुक्त बैठक बोलाइएकाे हाे।
बैठक केन्द्रीय कार्यालय बसुन्धारामा ३ बजे बस्नेछ। पार्टी सभापति रवि लामिछानेले यसअघि नै गृह मन्त्रालय पुनः रास्वपाले नपाए सरकार छाड्ने चेतावनी दिइसकेका छन्।
माघ १९, २०७९ बिहीबार १३:५८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।