निलम्बन फुकुवा भएसँगै सन्दीपले लेखे- ‘समयसँगै फेरि भेट हाेला’

निलम्बन फुकुवा भएसँगै सन्दीपले लेखे- ‘समयसँगै फेरि भेट हाेला’

काठमाडौं : नेपाली क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछाने निलम्बन फुकुवा भएसँगै फेरि भेट हुने प्रतिक्रिया दिएका छन्।

सन्दीपले बुधबार सामाजिक सञ्जालमा लेखेका छन्, ‘सयमसँगै फेरि भेट हाेला।’ 

पोखरामा मंगलबार बसेको नेपाल क्रिकेट संघ (क्यान) क्यानको केन्द्रीय कार्यसमिति बैठकले उनकाे निलम्बन फुकुवा गर्ने निर्णय गरेको थियाे।

सन्दीपविरुद्ध नाबालिग बलात्कारको आरोप लागेर अदालतले पक्राउ पुर्जी जारी गरेपछि क्यानले भदौ २३ गते क्यानले उनलाई निलम्बित गरेको थियो।

यसपछि जिल्ला अदालतमा भएको थुनछेक बहसमा उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। तर, उच्च अदालतले उनलाई २० लाख रूपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको थियो।

माघ १८, २०७९ बुधबार १९:२९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।