संसद्ले बल्ल पायाे रवि लामिछानेको सांसद पद खाली भएको औपचारिक जानकारी

संसद्ले बल्ल पायाे रवि लामिछानेको सांसद पद खाली भएको औपचारिक जानकारी

काठमाडौंः संसदले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद खाली भएको औपचारिक जानकारी आज बुधबार मात्र पाएकाे छ।

प्रतिनिधिसभाकाे बैठकमा सभामुख देवराज घिमिरेले रविकाे सांसद पद रिक्त भएको जानकारी गराएका हुन्।

नागरिकता विवादमा सर्वोच्च अदालतले गत शुक्रबार लामिछानेको सांसद पद खारेज गरिदिएकाे थियाे भने उनकाे गृहमन्त्री पद पनि गुमेकाे थियाे।

गत मंसिरमा भएकाे संसदीय चुनावमा रवि चितवन-२ बाट निर्वाचित भएका थिए।

माघ १८, २०७९ बुधबार १७:११:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।