ओलीलाई भेट्न सिंहदरबार पुगिन् बेलायती राजदूत निकोला

काठमाडाैंः नेपालका लागि बेलायतका राजदूत निकोला पोलिट र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच आज (बुधबार) शिष्टाचार भेटवार्ता भएकाे छ।
भेटमा दुई देशबीचको आपसी हितका विविध विषयमा छलफल भएको अध्यक्ष ओलीको सचिवालयले जनाएको छ।
सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा उनीहरुबीच भेटवार्ता भएको हो।
माघ १८, २०७९ बुधबार १४:५९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।