सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा

काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा गरेको छ।
पोखरामा मंगलबार बसेको क्यानको केन्द्रीय कार्यसमिति बैठकले निलम्बन फुकुवा गर्ने निर्णय गरेको हो।
सन्दीपविरुद्ध नाबालिग बलात्कारको आरोप लागेर अदालतले पक्राउ पुर्जी जारी गरेपछि क्यानले भदौ २३ गते क्यानले उनलाई निलम्बित गरेको थियो।
जिल्ला अदालतमा भएको थुकछेक बहसमा उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो।
तर, उच्च अदालतले उनलाई २० लाख रूपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको थियो।
यद्यपि, उच्च अदालतको निर्णयविरुद्ध मंगलबार नै महान्यायाधिवक्ताको कार्यालय सर्वोच्च अदालत गएको छ।
माघ १७, २०७९ मंगलबार २२:१६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।