एयर इण्डिया प्रकरण : महिलामाथि पिसाब गरेका आरोपी जमानतमा रिहा

एजेन्सी : दिल्लीको पटियाला हाउस कोर्टले एयर इन्डियाको विमानमा एक वृद्ध महिला महिलामाथि पिसाब गरेको आरोपमा पक्राउ परेका शंकर मिश्रालाई जमानतमा रिहा गर्न आदेश दिएकाे छ।
नोभेम्बर २६ मा न्यूयोर्कबाट दिल्ली आउँदै गरेको विमानको यो घटना नयाँ वर्षसँगै खुलासा भएको थियो। त्यसपछि अभियुक्तलाई पक्राउ गर्दै प्रहरी प्रशासन र अदातलले कारबाही अगाडि बढाएको थियो।
त्यसपछि दिल्ली पुलिसले बेंगलुरु पुलिससँगको सहकार्यमा आरोपीलाई यस महिनाको सुरुमा बेंगलुरुबाट पक्राउ गरेको थियो।
माघ १७, २०७९ मंगलबार २२:०७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।