प्रहरी र अध्यागमन विभाग दुवैले दर्ता गरेनन् रवि लामिछानेविरुद्धको अर्काे उजुरी

काठमाडौंः नेपाल प्रहरी र अध्यागमन विभाग दुवैले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध परेको अर्काे जाहेरी दर्ता गर्न अस्वीकार गरेको छन्।
रविले अवैध नागरिकताका आधारमा राहदानी लिएको भन्दै कारबाहीकाे माग सहित युवराज सफल पौडेल मंगलबार जाहेरी दिन अध्यागमन विभाग र काठमाडौं प्रहरी परिसर पुगेका थिए।
तर नागरिकता सम्बन्धी विवादमा सर्वोच्च अदालतले गरेको फैसलाको पूर्णपाठ नआइसकेकाले यो जाहेरी दर्ता नभएकाे पाैडेलले बताए।
उनले भने, ‘रविकाे नागरिकता सम्बन्धी अनुसन्धानकाे फाइल अदालत लगिएकाे छ। उक्त फाइल फिर्ता भएपछि मात्र याे जाहेरी दर्ता हुने र अनुसन्धान पनि अघि बढ्ने भएकाे छ।’
पौडेल यसअघि लामिछानेकाे नागरिकता विवादमा सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गर्ने मध्येका एक हुन्।
माघ १७, २०७९ मंगलबार १७:४९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।