अनावश्यक हर्न बजाउने ५२ चालकलाई कारबाही

काठमाडौं : अनावश्यक हर्न बजाएर ध्वनी प्रदुषण गर्ने ५२ चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ।
ट्राफिक प्रहरीले गरेको विशेष चेकिङका क्रममा अनावश्यक हर्न बजाएर ध्वनी प्रदुषण गर्ने ५२ चालक मंगलबार कारबाहीमा परेका हुन्।
२०७४ वैशाख १ गतेदेखि नै काठमाडौं उपत्यकामा हर्न निषेध गरिए पनि पछिल्लो समय हर्नको दुरुपयोग बढेका कारण कारबाहीलाई तीव्रता दिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
माघ १७, २०७९ मंगलबार १७:३६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।