साफ यू–२० महिला च्याम्पियनसिप जाने टाेलीकाे बिदाइ

साफ यू–२० महिला च्याम्पियनसिप जाने टाेलीकाे बिदाइ

काठमाडौं : अखिल नेपाल फुटबल संघले साफ यू–२० महिला च्याम्पियनसिप खेल्न बंगलादेश जाने टोलीलाई बिदाइ गरेको छ।

फेब्रुअरी ३ देखि ९ सम्म बंगलादेशमा आयोजना हुने साफ यू–२० महिला च्याम्पियनसिपमा नेपाल र आयोजक बंगलादेशसहित भारत र भुटानसहित चार टिमको सहभागिता हुनेछ।

नेपालले पहिलो खेल घरेलु टोली बंगलादेशबीचसँग फेब्रुअरी ३ मा खेल्नेछ। यस्तै नेपालले फेब्रुअरी ५ मा भुटानसँग र फेब्रुअरी ७ मा भारतसँग लिग खेल्नेछ।

सिंगल राउण्ड रोविन लिगमा हुने च्याम्पियनसिपमा शीर्ष दुईमा रहने टिमले फेब्रुअरी ९ मा फाइनल खेल्ने छन्।

सन् २०१८ मा साफ यू–१८ च्याम्पियनसिपको नामबाट सुरू भएको यस प्रतियोगिता २०२१ मा यू–१९ फर्म्याटमा भएको थियो भने २०२२ मा फेरी यू–१८ को नाममा भएको थियो।

माघ १७, २०७९ मंगलबार १७:१७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।