इलाम पुगेर विश्वप्रकाशले भने– कांग्रेसले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति बन्छ

इलाम पुगेर विश्वप्रकाशले भने– कांग्रेसले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति बन्छ

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति बताएका छन्।

मंगलबार इलामको फिक्कलमा पत्रकारसँगको कुराकानीका क्रममा साझा अपनत्व ग्रहण हुने गरी कांग्रेसले प्रस्ताव गरेको व्यक्ति नै राष्ट्रपति हुने बताए।

कांग्रेसबाट राष्ट्रपतिको उम्मेदवार को बन्ने भन्ने बारेमा शर्माले विधिवत् छलफलपछि सम्भावित उम्मेदवारको नाम र निर्णय सार्वजनिक हुने बताए।

‘हामीसँग योग्य नेतृत्व धेरै हुनुहुन्छ। अहिले मैले नाम भन्नु उचित हुँदैन। अब हामी बैठक बस्छौं र सम्भावित उम्मेदवारको बारेमा छलफल गर्छौं’, उनले भने।

माघ १७, २०७९ मंगलबार १५:२१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।