तीन दिनदेखि ओरालो बाटाेमा नेप्से, आदर्श लघुवित्तमा भने सर्किटमाथि सर्किट

तीन दिनदेखि ओरालो बाटाेमा नेप्से, आदर्श लघुवित्तमा भने सर्किटमाथि सर्किट

काठमाडौं : साताको सुरुवाती दुई दिन दाेहाेराे अंकले घटेको शेयर बजार तेस्रो दिन मंगलबार पनि दोहोरो अंकले घट्याे।

यसदिन नेप्से परिसूचक १५.७४ अंकले घटेर २१११.६३ विन्दुमा झर्दा सेन्सेटिभ परिसूचक २.३८ अंकले घटेर ४००.६ विन्दुमा झर्याे।

बजार घट्दा कारोबार रकममा पनि केही कमी आयो। यसदिन २५९ कम्पनीको ७५ लाख ५३ हजार कित्ता शेयर किबनेच हुँदा २ अर्ब ८२ करोडको कारोबार भयो।

जलविद्युत् उपसूचक समूहमध्ये अन्य समूह बढ्न सकेन। जलविद्युत् समूह भने ०.०२ प्रतिशतले बढ्यो। यसदिन सबैभन्दा बढि लगानी समूहका लगानीकर्ताले १.३१ प्रतिशतले गुमाए।

मंगलबार आदर्श लघुवित्त वित्तीय संस्थाको शेयर सकरात्मक सर्किट लागेर १० प्रतिशतले बढ्दा रिदी पावर कम्पनीमा लगानीकर्ता झुम्मिए।

रिदीकाे १९ करोडभन्दा बढिको कारोबार हुँदा दोस्रो स्थानमा रहेको लुम्बिनी जनरल इन्स्योरेन्सको १४ करोडभन्दा

माघ १७, २०७९ मंगलबार १५:१५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।