पृथ्वीचोकको ट्राफिक भवनमा पाेखरा महानगरले चलायाे डोजर
पोखराः पोखरा महानगरपालिकाले पृथ्वीचोकमा रहेको जीर्ण अवस्थाको ट्राफिक कार्यालयको भवन डोजर लगाएर भत्काउन थालेको छ।
ट्राफिक प्रहरीकाे कार्यालय पोखरा-९ नयाँबजारमा नयाँ भवनमा सरेपछि खाली रहेको पृथ्वीचोकको पुरानो जीर्ण अवस्थाको ट्राफिक भवनमा मंगलबार महानगरले डोजर चलाएको हो।
जीर्ण अवस्थामा रहेको भवन भत्काएकाे ठाउँमा ‘पोखरा घर’ निर्माण सुरु गर्ने पोखरा–९ का वडाध्यक्ष दिपेन्द्र मर्सानीले जानकारी दिए।
निर्माण गरिने ‘पोखरा घर’मा आर्ट ग्यालरी, पुस्तकालय र घण्टाघर बनाउने महानगरको योजना रहेको उनले बताए।
पोखरा घरको भुइँतलामा सूचना केन्द्र, दोस्रो तलामा पुस्तकालय, तेस्रो तलामा ग्यालरी र माथिको छतमा घण्टाघर बनाइने छ।
महेन्द्रपुलको आर्ट ग्यालरी भत्काएपछि लामो समयसम्म पनि पोखरा घरको निर्माणमा ढिलाइ हुँदा पोखरेली कलाकर्मीले महानगरको आलोचना गर्दै आएका थिए।
माघ १७, २०७९ मंगलबार १४:५७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।