चितवनका किसानले गरे दूधको मूल्य बढाउनुपर्ने माग, उपभोग्य वस्तुको भाउ बढेकोमा चिन्ता

चितवनका किसानले गरे दूधको मूल्य बढाउनुपर्ने माग, उपभोग्य वस्तुको भाउ बढेकोमा चिन्ता

चितवनः उत्पादन लागत तथा उपभोग्य वस्तुको भाउ बढेको भन्दै चितवनका किसानले दूधको मूल्य बढाउन माग गरेका छन्। म‌ंगलबार पत्रकार सम्मेलनमार्फत उनीहरूले सरकारसँग दूधको मूल्य बढाउन आग्रह गरेका हुन्।

पत्रकार सम्मेलनमा चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष किशोर बगालेले दूधको मूल्य बढाउन र कच्चा पदार्थको मूल्यवृद्धिलाई रोक्न माग गरे। 

जिल्लामा ३३ प्रतिशत दुग्ध उत्पादक किसान छन् भने यहाँ प्रतिदिन तीन लाख ५० हजार लिटर दूध उत्पादन हुँदै आएको छ। 

चितवनलाई  सरकारले तीन वर्ष अगाडि दूधमा आत्मनिर्भर क्षेत्र घोषणा गरेको थियो। यहाँ उत्पादन भएको ५५ प्रतिशत दूध काठमाडौं, भक्तपुर, ललितपुर, मकवानपुर र कास्कीलगायतका जिल्लामा खपत हुँदै आएको छ।

माघ १७, २०७९ मंगलबार १४:३७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।