संसारकै कञ्जुस करोडपतिः जाे खर्च जाेगाउन बिरालोको खानेकुरा खान्छिन्

एजेन्सीः अमेरिकाको लस भेगासमा बस्ने ५१ वर्षिय एमी एलिजावेथले आफूलाई संसारकी सबैभन्दा कञ्जुस करोडपति भएकाे बताएकी छन्।
कराेडपति भए पनि आफूले कहिल्यै पनि कुनै नयाँ चिज खरीद नगर्ने र घरायसी खर्च कम गर्नका लागि कहिलेकाहीँ बिरालोको खानेकुरा समेत खाने गरेकाे खुलासा उनले गरेकी छन्।
उनको कुल सम्पत्ति करीब ७० करोड नेपाली रुपैयाँ बराबर छ। उनले आफ्ना लागि मासिक करिब १ लाख रुपैयाँको बजेट छुट्टाएकी छिन्।
उक्त रकम भन्दा बढी खर्च नगर्नका लागि उनले खर्च कटौतीका अनेक तरिका अपनाएकी छिन्।
एमीले आफ्नो घरको हिटर एक मिनेट पनि बढी चलाउँदिनन्। घरका अन्य विद्युतीय उपकरण पनि काम सकिएपछि तत्कालै बन्द गर्छिन्।
अझ रोचक त के भने उनी आफ्ना पूर्व पतिको घरमा बस्छिन्। घरको सरसफाइ पनि पूर्व पतिबाटै गराउँछिन्।
एक टेलिभिजन कार्यक्रममा एमीले पैसा बचाउने सबैभन्दा विचित्र तरिकाको खुलासा गरेकी थिइन्। उनका अनुसार उनले कहिलेकाहीं बिरालोको खाना समेत खाने गर्छन्।
आफूले मात्र नभइ कहिलेकाहीं घरमा आउने पाहुनालाई समेत उनी बिरालोको खाना दिने गर्छिन्। बट्टामा बन्द भएका खानेकुरा महंगो पर्ने हुनाले उनले खुल्ला सामान किन्ने गर्छिन।
मानिसहरुलाई आफ्नो बानी अनौठो तथा छुच्चो लाग्ने गरे पनि आफूलाई त्यसको कुनै परवाह नरहेको उनी बताउँछिन्।
डेलीस्टारका अनुसार एमी एक सफल रियल स्टेट लगानीकर्ता, व्यावसायिक परामर्शदाता तथा लेखिका हुन्।
माघ १७, २०७९ मंगलबार १४:२१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।