भ्रष्टाचारकाे सूचकाङ्कमा नेपालको अवस्था सुधार, पुग्याे ११० औं स्थानमा
काठमाडौंः नेपाल विश्वमा भ्रष्टाचार हुने मुलुकमध्ये ११० औं स्थानमा परेकाे छ। ट्रान्सपरेन्सी इन्टरनेशनल सार्वजनिक गरेकाे भ्रष्टाचार अवधारणा सूचकाङ्क (सीपीआई) २०२२ अनुसार नेपालकाे अवस्था केही सुधार भएकाे हाे।
यस सूचकाङ्कमा नेपाल कुल १०० मध्ये ३४ अंक पाउँदै ११० औं स्थानमा रह्याे। सन् २०२१ मा ३३ अंक पाउँदै नेपाल ११७ औं स्थानमा थियो।
विगतकाे तुलनामा अवस्थामा सुधार आए पनि नेपाल भ्रष्टाचार व्याप्त मुलुकहरुको श्रेणीमा भने कायमै रहेको छ।
सूचकाङ्कमा ५० भन्दा कम अंक प्राप्त भएका मुलुकलाई बढी भ्रष्टाचार हुने मुलुककाे रुपमा लिइन्छ।
नयाँ सूचकाङ्क अनुसार सोमालिया सबैभन्दा बढी भ्रष्टाचार हुने र डेनमार्क सबैभन्दा कम भ्रष्टाचार हुने मुलुकमा परेका छन्।
भ्रष्टाचार हुने मुलुकहरुको सूचीमा दक्षिण एशियाली राष्ट्रहरूमा भारत ४० अंकसहित ८५ औं स्थानमा छ। त्यसैगरी भुटान ६८ अंकसहित २५ औं स्थानमा रहेकाे छ।
माघ १७, २०७९ मंगलबार १३:२८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।