आईपीओ जारी गर्दै एशियन हाइड्रोपावर, माघ २७ गतेदेखि आवेदन दिन सकिने

काठमाडाैंः एशियन हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्कासन तथा बिक्री खुला गर्ने भएको छ।
कम्पनीले यही माघ २७ गतेदेखि प्रतिकित्ता रू एक सय अङ्कित दरमा ६ लाख ९७ हजार दुई सय कित्ता शेयर निष्कासन गर्ने लागेकाे हाे।
निष्कासन गरिने शेयरमा लगानीकर्ताले छिटोमा आगामी फागुन २ गतेसम्म र सो अवधिसम्म माग बमोजिम आवेदन नपरे फागुन १२ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म खरिदका लागि आवेदन दिन सक्ने छन्।
कम्पनीलाई केयर रेटिङ्गस् नेपालले ‘केयरएनपी बिबी आइएस’ प्रमाणपत्र प्रदान गरेको छ। कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल रहेको छ।
माघ १७, २०७९ मंगलबार १२:५४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।