प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगे रवि, गृह मन्त्रालयका विषयमा छलफल
काठमाडौंः प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) लाई भेट्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने बालुवाटार पुगेका छन्।
प्रधानमन्त्री प्रचण्ड र पूर्व गृहमन्त्री लामिछानेबीच आज बिहान भेटवार्ता भएको हाे। भेटमा लामिछानेकाे गुमेकाे गृहमन्त्री पदकाे बारेमा छलफल भएकाे बताइएकाे छ।
सर्वाेच्च अदालतले रविकाे नागरिकता अवैध भएकाे निर्णय गरेपछि उनकाे गृहमन्त्री पद गुमेकाे थियाे।
सर्वाेच्चकाे आदेश अनुसार उनले जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पुनः नागरिकता लिइसकेका छन्। नागरिकता पुनः प्राप्ती गरेसँगै उनले प्रधानमन्त्री प्रचण्डलाई भेटेका हुन्।
रास्वपाले गृह मन्त्रालय आफ्नै भागमा परेकाले गृहमन्त्रीमा दाबी कायमै राखेकाे छ।
तर प्रधानमन्त्री प्रचण्ड भने पुनः गृह मन्त्रालय रास्वपालाई दिने पक्षमा नरहेकाे बुझिएकाे छ। यसै विषयमा यी दुईबीच छलफल भएकाे बताइएकाे छ।
गृह नपाए सरकारबाट बाहिरिन सक्ने रास्वपाका नेताहरुले बताइसकेका छन्।
माघ १७, २०७९ मंगलबार ११:५१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।