राष्ट्रपतिमा कांग्रेसको दाबी कायमै छ, तर राष्ट्रपति पाएकै भरमा सरकारमा भने जाँदैनाैंः नेता केसी
काठमाडाैंः नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीले राष्ट्रपतिका लागि कांग्रेसको दाबी कायमै रहेको बताएका छन्।
भरतपुरमा प्रेस युनियन चितवन शाखाले आज आयोजना गरेको पत्रकार सम्मेलनमा नेता केसीले राष्ट्रपतिमा कांग्रेसको दाबी कायमै रहेको उल्लेख गरे।
यसका लागि कांग्रेसले जुनसुकै दलसँग पनि सहयोग लिन सक्ने उनले बताए। तर राष्ट्रपतिका लागि कांग्रेसले कोसिस जारी राखे पनि राष्ट्रपति पाएकै भरमा सरकारमा भने नजाने उनले स्पष्ट पारेका छन्।
माघ १६, २०७९ सोमबार १६:३८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।