राष्ट्रपतिको निर्वाचन फागुन २५ मा

काठमाडौं: निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको मिति तय गरेको छ। आयोगले राष्ट्रपतिको निर्वाचन आउँदो फागुन २५ गते बिहीबार गर्ने गरी मिति तोकेको हो।
यस्तै उपराष्ट्रपतिको निर्वाचन आगामी चैत ३ गते शुक्रबार गर्ने गरी आज मिति तोकिएको छ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उक्त निर्णयका आधारमा आयोगले आजै निर्वाचन कार्यक्रम सार्वजनिक गर्ने जानकारी दिए। आयोगले नेपाल सरकारका मुख्यसचिवमार्फत नेपाल सरकार मन्त्रिपरिषद्लाई लेखी पठाउनेछ।
वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल फागुन २८ गते सकिँदैछ।
माघ १६, २०७९ सोमबार १३:५३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।