काम गर्न समस्या भएको भन्दै प्रधानमन्त्री प्रचण्डसँग मेयर बालेन्द्रले मागे सहयोग

काम गर्न समस्या भएको भन्दै प्रधानमन्त्री प्रचण्डसँग मेयर बालेन्द्रले मागे सहयोग

काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बीच भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो।

भेटमा प्रधानमन्त्री प्रचण्डलाई मेयर बालेनले महानगरको काम कारबाहीबारे जानकारी गराएको बताइएको छ। यस्तै काम गर्न समस्या भएकाले उनले प्रधानमन्त्रीसमक्ष संघीय सरकारको सहयोग आवश्यक रहेको भन्दै माग गरेको पनि बताइएको छ।

पछिल्लो समय काठमाडौं महानगरभित्रका सुकुम्बासी बस्ती उठाउने सवालमा मेयर बालेनले गृह मन्त्रालयसँग सहयोग मागेका थिए। वैकल्पिक व्यवस्थाबिना नै सुकुम्बासी बस्ती उठाउन लागेको भन्दै उनको कदमको विरोध समेत भएको थियो।

हिजो मात्र मेयर बालेनविरुद्ध माइतीघरमा विरोध प्रदर्शन भएको थियो।

माघ १६, २०७९ सोमबार १०:२४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।