पाकिस्तानकाे एक तालमा डुङ्गा पल्टिँदा घुम्न गएका १० बालबालिकाको मृत्यु

एजेन्सीः पाकिस्तानको उत्तरपश्चिमी खैबर प्रान्तको कोहाट जिल्लास्थित तालमा आइतबार डुङ्गा पल्टिँदा १० बालबालिकाको मृत्यु भएको छ।
२५ देखि ३० जना बालबालिकासहितको डुङ्गा आइतबार बिहानै पल्टिँदा अन्य सात बालबालिका घाइते भएका छन्।
गोताखोरद्वारा १६ जनालाई उद्धार गरी अस्पताल लगिएको कोहट जिल्लाका उपायुक्त फुरकान अशरफले बताएका छन्।
ती बच्चाहरू एक गोष्ठीका लागि आमन्त्रित विद्यार्थीहरू रहेको र घुमफिरका क्रममा तालमा गएका थिए।
माघ १५, २०७९ आइतबार २०:५८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।