लुम्बिनीलाई मागी खाने भाँडो बनाइएको भन्दै पर्यटनमन्त्रीले हपारेः पवित्र भूमि लुम्बिनीमा अपवित्र काम किन?

लुम्बिनीलाई मागी खाने भाँडो बनाइएको भन्दै पर्यटनमन्त्रीले हपारेः पवित्र भूमि लुम्बिनीमा अपवित्र काम किन?

काठमाडाैंः संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले लुम्बिनी विकास कोषकाे कमजाेर व्यवस्थापनका कारण लुम्बिनीलाई बदनाम गर्ने प्रयास भएको टिप्पणी गरेका छन्।

मन्त्रालयमा आज लुम्बिनी विकास कोषका पदाधिकारीसँग ब्रिफिङ लिएपछि मन्त्री किरातीले लुम्बिनीलाई विकासका नाममा मागी खाने भाँडो मात्रै बनाइएको बताए। 

उनले पवित्र भूमि लुम्बिनीमा यस्ताे अपवित्र काम किन भनी प्रश्न गरेका थिए।

पवित्र र धार्मिक पर्यटकीय क्षेत्र लुम्बिनी हाल गौचरन र फोहरले भरिएको गुनासो रहेकाले तत्काल सुधारका लागि उनले निर्देशन दिएका छन्।

माघ १५, २०७९ आइतबार २०:४२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।