जोकोभिचले जिते अष्ट्रेलियन ओपनकाे उपाधि, गरे २२ ग्रान्डस्लाम उपाधि जित्ने कीर्तिमानकाे बराबरी

एजेन्सीः सर्वियन स्टार खेलाडी नोभाक जोकोभिचले वर्षकाे पहिलाे ग्रान्डस्लाम टेनिस, अष्ट्रेलियन ओपनको उपाधि जितेका छन्।
विश्व नं ४ खेलाडी जोकोभिचले आइतबारकाे फाइनल खेलमा तेस्रो वरीयताका ग्रीसका खेलाडी स्टेफानोसलाई ३–० को सोझो सेटमा हराए।
याे जितसँगै जोकोभिचले सर्वाधिक १० औं पटक अष्ट्रेलियन ओपनकाे उपाधि उचालेका हुन्। अन्य खेलाडीले मात्र ६ पटकसम्म अष्ट्रेलियन ओपनकाे उपाधि जितकाे रेकर्ड छ।
उनकाे याे समग्रमा २२औं ग्रान्डस्लाम उपाधि हो। उनले याे जितसँगै स्पेनिस खेलाडी राफयल नाडालको नाउँमा रहेकाे सर्वाधिक २२ ग्रान्डस्लाम उपाधिकाे रेकर्ड पनि बराबर गरेका छन्।
माघ १५, २०७९ आइतबार २०:११:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।