किन थाले बिनानियुक्ति मोन्टीले नेपाली क्रिकेट टिमकाे प्रशिक्षण?

किन थाले बिनानियुक्ति मोन्टीले नेपाली क्रिकेट टिमकाे प्रशिक्षण?

काठमाडौंः भारतका मोन्टी देशाई नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षक बन्ने तयारीमा छन्। तर प्रशिक्षककाे रुपमा नियुक्ति नपाए पनि उनले टिमकाे प्रशिक्षण भने थालिसकेका छन्।

क्यानको कार्यसम्पादन समितिले वेस्ट इण्डिजका पूर्व व्याटिङ काेच मोन्टीलाई प्रमुख प्रशिक्षकको रुपमा छनाेट गरिसकेकाे छ। 

तर राष्ट्रिय खेलकुद परिषद् हुँदै, युवा तथा खेलकुद मन्त्रालय र मन्त्रिपरिषदबाट औपचारिक नियुक्ति गर्नुपर्ने हुनाले यस काममा ढिलाइ भइरहेकाे क्यानले जनाएकाे छ।

नेपालले फागुन २ गतेदेखि काठमाडाैंमा नै हुने आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नामिबिया र स्कटल्यान्डसँग खेल्दै छ।

यसका लागि क्यानले २८ जना खेलाडीलाई बन्द प्रशिक्षणका लागि बाेलाइसकेकाे छ।

लिग-२ काे लागि तयारी ढिला हुने भएकाले नियुक्ति बिना नै उनले अनाैपचारिक रुपमा आइतबार प्रशिक्षण थालेकाे क्यानले जनाएकाे छ।

 

माघ १५, २०७९ आइतबार १७:५६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।