प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगे ओली, हाल विकसित राजनीतिक घटनाक्रमका विषयमा छलफल हुँदै
काठमाडाैंः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट्न एमाले अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा दुई नेताबीच अहिले छलफल जारी छ।
हाल विकसित राजनीतिक घटनाक्रमका विषयमा छलफलका लागि भेटघाट भएकाे बताइएकाे छ। जसमा रवि लामिछानेले राजिनामा दिएपछिकाे गृहमन्त्रीकाे पदकाे विषय प्रमुख रहेकाे छ।
माघ १५, २०७९ आइतबार १७:२२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।