नागरिकता लिए लगत्तै रवि फेरि बने रास्वपाकाे सभापति

नागरिकता लिए लगत्तै रवि फेरि बने रास्वपाकाे सभापति

काठमाडाैंः नागरिकता लिए लगत्तै रवि लामिछाने फेरि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति बनेका छन्।

सर्वोच्चको आदेश बमोजिम लामिछानेले आज जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेर नेपाली नागरिकताको प्रमाणपत्र लिएका हुन्।

गत शुक्रबार सर्वोच्च अदालतले लामिछानेको अमेरिकी नागरिकता त्यागेर नेपाली नागरिकता पुनः प्राप्तीका लागि प्रक्रियामा नगएकाेले उनकाे नागरिकता अवैध भएको ठहर गर्दै खारेज गरेको थियो।

नागरिकता पुनः प्राप्त गरेसँगै रविलाई राष्ट्रिय स्वतन्त्र पार्टीले फेरि पार्टी सभापति बनाएका हाे। आजै बसेकाे केन्द्रीय समिति बैठकले उनलाई सभापतिकाे जिम्मेवारी दिएकाे हाे।

नागरिकता खारेजीसँगै उनको सांसद पद, मन्त्री पद तथा पार्टी सभापति पद समेत गुमेको थियो।

लामिछानेले अमेरिकी नागरिकता त्यागेर नेपाली नागरिकता ब्युँताउन कानूनी प्रक्रिया थाले पनि नागरिकता नियमावली २०६३ को प्रक्रिया पूरा गरेका थिएनन्।

माघ १५, २०७९ आइतबार १७:०७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।