बालेनकाे डाेजर आतंक बन्द गराउन लागे सुमन सायमी

बालेनकाे डाेजर आतंक बन्द गराउन लागे सुमन सायमी

काठमाडाैंः काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह, बालेनकाे डाेजर आतंक बन्द गराउन सुमन सायमी पनि लागिपरेका छन्।

आइतबार महानगरले जथाभावी रुपमा डोजर चलाएको लगायत विषयमा बालेनविरुद्ध माइतीघरमा प्रदर्शन भएको थियाे।

गैरकानुनी रुपमा निजी संरचना भत्काएको भन्दै महानगरको ज्यादती बन्द गर, सडक विस्तारका नाममा उठीबास गर्न पाइँदैन लगायतका नारासहितका प्लेकार्ड बोकेर प्रदर्शनकारीहरू सडकमा उत्रिएका थिए।

यस विरोधसभालाई उपत्यका सम्पदा संरक्षण अभियन्ता सुमन सायमीले सम्बोधन गरेका थिए। सम्बोधनका क्रममा उनले जनताको भावना नबुझ्ने मान्छे मेयर बन्न लायक नभएको बताए।

गत वैशाखमा भएकाे स्थानीय चुनावमा सायमी बालेनकाे प्रतिस्पर्धीकाे रुपमा काठमाडाैंकाे मेयरका लागि लडेका थिए।

माघ १५, २०७९ आइतबार १६:५६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।