नेपाल टी-२० लिग विवादः केन्द्रीय सदस्यहरुले नै मागे अध्यक्षसहित क्यान नेतृत्वको राजीनामा

नेपाल टी-२० लिग विवादः केन्द्रीय सदस्यहरुले नै मागे अध्यक्षसहित क्यान नेतृत्वको राजीनामा

काठमाडौंः नेपाल टी-२० लिगमा भएकाे विभिन्न विवादका कारण नेपाल क्रिकेट संघ (क्यान) काे अध्यक्षसहित कार्यसम्पादन समितिमा रहेका पदाधिकारीहरुकाे राजीनामा माग गरिएकाे छ।

क्यानका ७ जना असन्तुष्ट केन्द्रीय सदस्यहरुले नै क्यान नेतृत्वमा रहेका ५ जना पदाधिकारीहरूकाे राजिनामा माग गरेका हुन्। 

आइतबार पत्रकार सम्मेलन गर्दै केन्द्रीय सदस्यहरु छुम्बी लामा, ऋषिराम गौतम, संजयराज सिंह, करण महतरा क्षेत्री,दाउद अन्सारी, अमितवीर पाण्डे र धर्मराज गिरीले राजिनामा मागेका हुन्।

उनीहरुले नेपाल टि-२० लिगमा भएका सबै त्रुटीकाे जिम्मेवारी लिँदै क्यानको कार्यसम्पादन समितिमा अध्यक्ष चतुरबहादुर चन्द, कार्यवाहक सचिव प्रशान्तविक्रम मल्ल, कोषाध्यक्ष रोशनबहादुर सिंह र सदस्यद्वय दुर्गाराज पाठक र पदम खड्काले राजिनामा दिनु पर्ने बताए।

नेपाल टी-२० लिगमा लागि विवादित भारतीय कम्पनी सेभेन थ्री स्पाेर्टससँग सम्झाैता गर्नुमा क्यान नेतृत्वकाे कमजाेरी रहेकाे उनीहरूकाे ठहर छ।

 

माघ १५, २०७९ आइतबार १५:०९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।