अनेरास्ववियूको महाधिवेशन प्रचारमा भित्तेलेखन नगरिने
काठमाडौं: एमालेनिकट विद्यार्थी सङ्गठन अनेरास्ववियूले आसन्न २३औँ राष्ट्रिय महाधिवेशनमा भित्तेलेखन नगरी डिजिटल माध्यमबाट प्रचारप्रसार गर्ने भएको छ। अनेरास्ववियूको प्रचारप्रसार उपसमितिका संयोजक नरेश रोकायाका अनुसार प्रचार सामग्री बनाउँदा शहर फोहर हुने भएकाले सामाजिक सञ्जालका माध्यम फेसबुक, ट्विटर, इन्स्टाग्राम, टिकटक लगायतबाट प्रचारप्रसार गरिने भएको हो।
महाधिवेशन आगामी फागुन २ देखि ४ गतेसम्म काठमाडौंमा हुनेछ। महाधिवेशनलाई सूचना प्रविधिमैत्री बनाउन डिजिटल सामग्री निर्माण गर्ने र काठमाडौंका मुख्य स्थान त्रिपुरेश्वर, कलङ्की, दरबारमार्ग, चाबहिलमा ‘डिजिटल डिस्प्ले’मार्फत प्रचार गरिने उनले बताए।
जिल्ला कमिटीले आफ्ना जिल्लामा डिजिटल डिस्प्ले, स्थानीय रेडियो, पत्रपत्रिका र अनलाइनमार्फत प्रचारप्रसार गर्ने व्यवस्था मिलाउने निर्णय गरिएको छ।
माघ १५, २०७९ आइतबार १३:४१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।