नागरिकता पुनः प्राप्त गर्न प्रशासन कार्यालय पुगे रवि

नागरिकता पुनः प्राप्त गर्न प्रशासन कार्यालय पुगे रवि
फाइल तस्बिर

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टीका निवर्तमान सभापति रवि लामिछाने नेपाली नागरिकता पुनः प्राप्त गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेका छन्। गत शुक्रबार सर्वोच्च अदालतले लामिछानेको नागरिकता अवैध भएको ठहर गर्दै खारेज गरेको थियो।

नागरिकता खारेजीसँगै उनको सांसद पद, मन्त्री पद तथा पार्टी सभापति पद समेत गुमेको थियो।

लामिछानेले अमेरिकी नागरिकता त्यागेर नेपाली नागरिकता ब्युँताउन कानूनी प्रक्रिया थाले पनि नागरिकता नियमावली २०६३ को प्रक्रिया पूरा गरेका थिएनन्। सोही कारण नेपालको कानूनले उनलाई नेपाली नागरिक भनेर चिनेन।

यही कारण रीतपूर्वक नेपाली नागरिकता पुनः प्राप्त गर्न उनी प्रशासन कार्यालय पुगेका हुन्।

माघ १५, २०७९ आइतबार १२:२४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।