यी दक्षिण भारतीय कलाकार जो श्रीमतीले मार्न खोजेको भन्दै डिभोर्स मागिरहेका छन्

यी दक्षिण भारतीय कलाकार जो श्रीमतीले मार्न खोजेको भन्दै डिभोर्स मागिरहेका छन्
तस्बिर: दक्षिण भारतीय कलाकार नरेश ।

एजेन्सी: अक्सर दक्षिण भारतीय फिल्ममा देखिने अनुहार हुन्- नरेश। तर यतिबेला उनी चलचित्रको कारण भन्दा पनि पारिवारिक कारणले चर्चामा आएका छन्।

उनले आफ्नी श्रीमती रम्या रघुपतिले आफूलाई मार्न खोजेको आरोप लगाएका छन्। र, छिटोभन्दा छिटो सम्बन्धविच्छेद गराइदिन अदालतसमक्ष माग गरेका छन्। केही समयदेखि सम्बन्धविच्छेदको प्रक्रिया चलिरहेको छ।

रम्या उनको तेस्रो श्रीमती हुन्। उनी अब पवित्रा लोकश नामकी अर्की कलाकारसँग विहे गर्न लागिरहेका छन्। पवित्रा पनि दक्षिण भारतीय फिल्ममा देखिइरहने कलाकार हुन्।

कलाकार पवित्रा लोकेश, जोसँग नरेश चौथो विवाह गर्न खोज्दैछन्।

यता रम्याले भने आफूले सम्बन्धविच्छेद नचाहेको बताएकी छिन्। 'म यत्तिका वर्ष चुप बसेँ किनकि म चाहन्न थिएँ उनको प्रतिष्ठामा आँच आओस् भनेर। उनको बाहिर अफेयर थियो। र हरेक पटक मैले यसबारे कुरा गर्दा उनले मेरो खुट्टा ढोगेर माफी माग्थे', उनले भनिन्।

उनले पवित्रा र नरेशको विवाह हुन नदिने समेत बताएकी छिन्। आफ्ना सन्तानको उज्जवल भविष्यका लागि सम्बन्धविच्छेद नगर्ने उनले बताएकी छिन्।

यता पवित्रा र नरेश भने विवाह गर्ने योजनासाथ केही समयदेखि साथ बसिरहेका छन्। नरेशले आफ्नी श्रीमती रम्याले मार्न खोजेको र १० करोड चाहिने भनेर धम्क्याएको पनि बताएका छन्।

माघ १५, २०७९ आइतबार ११:४४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।