टाइगर कप भलिबलको फाइनल खेलमा खेलाडीमाथि बोतल प्रहार
काठमाडौं: पोखरामा आयोजित टाइगर कप भलिबल प्रतियोगिताको फाइनल खेलमा खेलाडीमाथि बोतल प्रहार भएको छ। पोखराको रंगशालामा आज गण्डकी प्रदेश र सशस्त्र प्रहरी बलबीच खेल चलिरहेको थियो।
खेल हेर्न करिब पाँच हजारभन्दा बढी दर्शक उपस्थित थिए। खेल संचालन गराउने क्रममा आयोजकले सुरक्षाको विषयलाई त्यति चासो नदिएको र क्षमताभन्दा बढी दर्शकलाई प्रवेश गराएको कारण घटना हुन पुगेको दर्शकहरूले बताएका छन्।
खेल चलिरहँदा पछाडि रहेका दर्शकलाई खेल हेर्न असहज भएपछि केही दर्शकहरूले सशस्त्रका खेलाडीहरूलाई बसिदिन आग्रह गरेका थिए। त्यसैक्रममा खेलमा सहभागी खेलाडीले रिस देखाएपछि विवाद सिर्जना भएको थियो।
नेपाल प्रहरी र सशस्त्र प्रहरीले दर्शकलाई सम्झाउन प्रयास गरे पनि आक्रोशित भीडले उल्टो खेलाडीमाथि नै बोतल प्रहार गरेका थिए।
केही समयको विवादपछि अन्ततः आयोजकले सुरक्षा घेरा बनाएर खेल अगाडि बढाएको थियो।
फाइनलमा गण्डकी प्रदेश प्रथम र सशस्त्र प्रहरीको टोली दोस्रो भयो।
माघ १५, २०७९ आइतबार १०:५२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।