स्ववियू निर्वाचन पूर्ण समानुपातिक प्रणालीमार्फत गराउन जसपानिकट विद्यार्थी संगठनद्वारा प्रधानमन्त्रीलाई ध्यानाकर्षण
काठमाडौं: जनता समाजवादी पार्टी, नेपाल सम्बद्ध विद्यार्थी संगठनले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन पूर्ण समानुपातिक निर्वाचन प्रणालीमार्फत गर्नुपर्ने माग राखेको छ। उक्त मागसहित शनिबार समाजवादी विद्यार्थी युनियनका प्रतिनिधिहरूको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लाई भेटी ध्यानाकर्षण पत्र बुझाएको छ।
“हाम्रो संगठन र त्रिविबीचमा भएको सहमतिअनुसार पूर्ण समानपातिक निर्वाचन प्रणालीमार्फत तोकिएकै मितिमा निर्वाचन गराउनका लागि त्रिवि कुलपति समेत रहेका सम्माननीय प्रधानमन्त्रीसमक्ष ध्यानाकर्षणसहित जोडदार माग गर्दछौँ”, पत्रमा भनिएको छ।
संगठनले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गराउन त्रिविले देखाएको सक्रियतालाई सकारात्मक रूपमा लिएको छ।
माघ १५, २०७९ आइतबार ०७:३७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।