लोकप्रिय गजल ‘के लत बस्यो’को भ्यूज ३१ लाख बढी

लोकप्रिय गजल ‘के लत बस्यो’को भ्यूज ३१ लाख बढी

काठमाडौं: पछिल्लो समय लोकप्रिय बनेको गजल ‘के लत बस्यो’को भ्यूज युट्युबमा ३१ लाख बढी पुगेको छ। आइतबार बिहानसम्म गजलको उक्त भिडियो युट्युबमा ३१ लाख ५८ हजार पटकभन्दा बढी हेरिएको छ।

गायक तिलकसिंह पेलाको संगीत र स्वर रहेको उक्त गजललाई डा प्रदीकुमार मैनालीले लेखेका हुन्। गजलमा सङ्गीत संयोजन रिदम कँडेलले गरेका छन्।

यस्तै भिडियोमा एक लाख १७ हजार ‘लाइक्स’ र झण्डै १४ हजार कमेन्ट समेत छ। गत पुस २८ मा गायक पेलाको आफ्नै युट्युब च्यानलबाट गजल सार्वजनिक गरेका थिए।

राग मालकौंसमा आधारित सो गजलबाट गायक पेलाले छोटै अवधिमा स्रोता/दर्शकको मन जित्न सफल भएका छन्। विभिन्न संगीतकर्मी, राजनीतिज्ञ, उच्च ओहोदामा रहेको व्यक्तित्व लगायतले गीतलाई फेसबुक, टिकटक जस्ता सामाजिक सञ्जालमार्फत शेयर गरेका छन्।

बैतडीमा जन्मिएका पेला आफैँमा संगीतका गुरु समेत हुन्।

उनले काठमाडौंमा श्रीकृष्ण गुरुकुल संगीत पाठशाला सञ्चालन गर्दै आएका छन्। गायक पेलाले विसं २०५३ मा ‘आँसु’, २०५४ मा ‘आँसु–२’, र सोही एल्बमको तस्रो भागका रूपमा केही वर्षअघि ‘निर्जन किनार’ सार्वजनिक गरेका थिए।

माघ १५, २०७९ आइतबार ०७:२३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।