सबै सरकारी वेबसाइट 'डाउन'
काठमाडौं : सर्भरमा समस्या आएकाले केही समयदेखि नेपाल सरकारमातहत रहेका सबै वेबसाइटहरू खुलेका छैनन्।
सर्भरमा समस्या आएकाले १ घण्टादेखि सरकारी वेबसाइट बन्द भएको राष्ट्रिय सूचना तथा प्रविधि केन्द्रका प्रवक्ता रमेश पोखरेलले जानकारी दिए।
बाहिरबाट साइबर आक्रमणको आशंकामा सबै वेबसाइट डाउन गरिएको उनले बताए।
‘एक घण्टादेखि सर्भरमा समस्या देखिएको हो। बाहिरबाट साइबर आक्रमणको प्रयास नै भएजस्तो देखिन्छ। अबको ५–१० मिनेटमा सबै समस्या समाधान हुन्छ,’ उनले भने।
सर्भरमा समस्या हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सयौं यात्रुसमेत अलपत्र परेका छन्।
गृह मन्त्रालयमातहतको अध्यागमनको सर्भरले काम नगर्दा आवागमन र प्रस्थानतर्फ भिसा र पासपोर्टको डिजिटल अध्ययन हुन नसेकेको विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले बताए।
माघ १४, २०७९ शनिबार १५:३९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।