सुजुकीले गाईको गोबरबाट चल्ने सीएनजी कार बनाउने, गर्‍यो सम्झौता

सुजुकीले गाईको गोबरबाट चल्ने सीएनजी कार बनाउने, गर्‍यो सम्झौता

एजेन्सी : भारतको सबैभन्दा ठूलो कार निर्माता सुजुकी मोटर कर्पोरेशनले गाईको गोबरबाट चल्ने सीएनजी कार बनाउने घोषणा गरेको छ।

एएनआईका अनुसार २०३० को विकास रणनीति घोषणा गर्दा कम्पनीले एसियाकै सबैभन्दा ठूलो डेरी कम्पनी नेशनल डेयरी डेभलपमेन्ट बोर्डसँग सम्झौता गरेको हो।

कम्पनीले जापानमा गाईको गोबरबाट उत्पादित बायोग्यासबाट बिजुली उत्पादन गर्ने फुजिसान असागिरि बायोमासमा लगानी गरेको जनाएको छ।

‘भारतीय बजार २०३० तिर जाँदा कार्वनडाइअक्साइड उत्सर्जनमा भएको वृद्धिलाई रोक्न गाह्रो छ,’ कम्पनीले भनेको छ, ‘हामी कार बिक्री बढाउन र कार्वनडाइअक्साइड उत्सर्जन घटाउनेबीच सन्तुलन कायम गर्ने प्रयास गर्नेछौं।’

सुजुकीको सीएनजी मोडलमा गाईको गोबरको बायोग्यास प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ। सीएनजी कार बजारमा सुजुकीको हिस्सा करिब ७० प्रतिशत छ।

माघ १४, २०७९ शनिबार १५:१३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।