रवि लामिछानेकाे पक्षमा काठमाडाैंमा प्रदर्शन
काठमाडौं : रवि लामिछानेको नागरिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतले गरेको फैसलाको विरोधमा शनिबार काठमाडौंमा प्रदर्शन भएको छ।
युवाहरूको एक समूहले काठमाडौंको माइतीघरदेखि बानेश्वरसम्म प्रदर्शन गरेका हुन्।
प्रदर्शनमा सहभागीले लामिछानेलाई सुनियोजित रूपमा फसाइएको दाबी गर्दै निर्वाचन आयोगका पदाधिकारीलाई कारबाही हुनुपर्ने तर्क गरेका छन्।
शुक्रबार सर्वोच्च अदालतले रवि लामिछानेले अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता सक्रिय गराउन कानूनले तोकेको प्रक्रिया पूरा नगरेको भन्दै उनको सांसद पद खारेज हुने फैसला गरेको थियो।
सर्वोच्चको फैसलापछि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पद र गृहमन्त्री पद पनि गुमाएका छन्।
माघ १४, २०७९ शनिबार १४:३९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।