सर्वोच्चको फैसलाले नेपालमा कानूनी राजको उदाहरण प्रस्तुत गर्‍यो : कांग्रेस नेता कोइराला

सर्वोच्चको फैसलाले नेपालमा कानूनी राजको उदाहरण प्रस्तुत गर्‍यो : कांग्रेस नेता कोइराला

काठमाडौं: नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले शुक्रबार सर्वोच्च अदालतको एक फैसलाले नेपालमा कानूनी राजको उदाहरण प्रस्तुत गरेको बताएका छन्। नेपाल प्रेस युनियन प्रदेश नं १ समितिको प्रथम अधिवेशनको आज उद्घाटन गर्दै नेता कोइरालाले यस्तो धारणा व्यक्त गरेका हुन्।

उनले राष्ट्रपतिको निर्वाचनको सन्दर्भमा आगामी फागुन २८ गतेभित्र हुुनुपर्ने बताए। संविधानभन्दा माथि राष्ट्रपति हुन नसक्ने भएकाले उनले पनि संविधानभित्र रहेर नै काम गर्नुपर्ने कोइरालाको भनाइ थियो।

“राजनीतिमा सरकार फेरबदल भइरहन्छन्, ठूलो पार्टी कांग्रेसको नेतृत्त्वमा पनि कुनै दिन सरकार बत्र सक्ने सम्भावना छ”, उनले भने।

नेता कोइरालाले कांग्रेस र देशको राजनीति कठीन अवस्थामा पुगेको उल्लेख गर्दै मुलुक आर्थिकरूपमा कमजोर भएको बताए। सात वटै प्रदेशमा मन्त्रालयको सङ्ख्या घटाउने निर्णय सराहनीय रहेको भन्दै उनले यसबारे सङ्घीय सरकारको पनि ध्यान जानुपर्ने धारणा राखे।

“कर्मचारीलाई तलब दिन र सामाजिक सुरक्षा भत्ता दिन पनि सरकारको ढुकुटी बलियो छैन। सरकारले नियमित खर्च घटाउनुपर्छ र राजस्व बढाउनुपर्छ”, उनले भने।

माघ १४, २०७९ शनिबार १३:५६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।