सुनसरीमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
काठमाडौं: सुनसरीको रामधुनी नगरपालिका- ५ मा हिजो साँझ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा अन्दाजी २८ वर्षीय पुरुष रहेका छन्।
दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको क्रममा धरान घोपास्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो।
हिजो साँझ साढे ७ बजे नम्बर खुल्न नसकेको सवारी साधनले को२४प ३७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। उक्त मोटरसाइकलले पैदल हिँडिरहेका पुरुषलाई ठक्कर दिएको ईलाका प्रहरी कार्यालय पकलीले जनाएको छ।
मोटरसाइकलसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। ठक्कर दिएर सवारी साधनसहित फरार रहेका चालकको भने खोजी भइरहेको छ।
माघ १४, २०७९ शनिबार ११:१७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।