रास्वपाको कार्यवाहक सभापतिसँगै ससंदीय दलको नेतामा पनि डोलप्रसाद
काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यवाहक सभापतिसँगै संसदीय दलको नेतामा पनि डोलप्रसाद अर्याल चयन भएका छन्। शुक्रबार राति बसेको पार्टीको संसदीय दलको बैठकले अर्याललाई संसदीय दलको नेता चयन गरेको हो।
सर्वाेच्च अदालतले हिजो पार्टीका तत्कालीन सभापति, गृह तथा उपप्रधानमन्त्री रवि लामिछानेको नागरिकता निष्क्रिय तथा अवैध भएको ठहर गरेसँगै उनको सभापति, सांसद तथा मन्त्री पद गएको थियो।
लगत्तै हिजै बसेको पार्टीको केन्द्रीय समितिको बैठकले पार्टीको विधानबमोजिम अर्को व्यवस्था नभएसम्मका लागि पार्टीका उपसभापति डोलप्रसाद अर्याललाई कार्यवाहक सभापतिमा चयन गरेको थियो।
“कानूनी राज्यको अवधारणा पार्टीको मूल विचार भएकाले न्यायालयको फैसलालाई पार्टीले सदैव सम्मान गर्दछ”, पार्टीका महामन्त्री एवं प्रवक्ता डा मुकुल ढकालले भने।
माघ १४, २०७९ शनिबार ०८:१७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।