रवि लामिछानेकाे नागरिकता : उजुरीदेखि खारेजीसम्मकाे नालिबेली

रवि लामिछानेकाे नागरिकता : उजुरीदेखि खारेजीसम्मकाे नालिबेली
रवि लामिछानेकाे तस्बिर देशसञ्चारबाट लिइएकाे हाे।

काठमाडौं : चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभाका उम्मेदवार हुँदै विजयी भएर उपप्रधानमन्त्री तथा गृहमन्त्रीसमेत भएका रवि लामिछाने शुक्रबार अनागरिक भए।

अदालतले उनको नागरिकता ब्यूँताउने प्रक्रिया नपुगेको भन्दै पार्टी सभापति, सांसद् र मन्त्री हुन अयोग्य रहेको ठहर गर्यो। अदालतले फैसलालगत्तै उनले राजीनामा दिए र अदालतको फैसलाको सम्मान गर्ने बताए।

यस्तै उनको नागरिकता अवैध भएको भन्दै उकेरा डटकमले २०७९ कात्तिक ३० गते नागरिकतासहिको समाचार प्रकाशन गर्यो। नागरिकता ब्यूँताउने प्रक्रिया पूरा नगरेकोले उनी अनागरिक भए।

UKERAA EXCLUSIVE : अवैध* भनिएको रवीको नागरिकता यही हो, प्रशासनको कार्यालयमा फायल नै गायब

पूरा समाचारUKERAA EXCLUSIVE : अवैध* भनिएको रवीको नागरिकता यही हो, प्रशासनको कार्यालयमा फायल नै गायब

लामिछानेको कानुनी हैसियत गैर कानुनी देखियाे। उनले विदेशी नागरिकता त्यागेर नेपाली नागरिकता ब्युँताउन कानूनी प्रक्रिया सुरू गरे पनि नागरिकता नियमावली २०६३ को प्रक्रिया पूरा नगरेकाले नेपालको कानुनले उनलाई नेपाली नागरिक भनेर चिनेन।

नागरिकता ब्युँताउने प्रक्रिया पूरा नगर्दा रवीको कानुनी हैसियत 'अनागरिक'

पूरा समाचारनागरिकता ब्युँताउने प्रक्रिया पूरा नगर्दा रविको कानूनी हैसियत 'अनागरिक'

उनीविरुद्ध निर्वाचन कार्यालयमा उजुरी परेपछि उकेराले गरेको खोजमा उनले रद्द भइसकेको नागरिकता प्रयोग गरेर चितवन-२ मा उम्मेदवारी दिएको पुष्टि भयाे। उनले पनि यसको प्रतिवाद गरेनन् बरू 'म चक्रब्युहमा परिसकेको छु' जस्ता पाल्छी शब्दको प्रयोग गरेर मतदाताको भावनामा खेले।

नागरिकताको विषयलाई लिएर उनीविरुद्ध जिल्ला निर्वाचन कार्यालयमा उजुरी पर्यो। उजुरीको सन्दर्भमा निर्वाचत अधिकृतको कार्यालयले उनलाई स्पष्टीकरण सोध्यो। उनले जवाफ पनि दिए।

यसैबीच निर्वाचन भयो र उनले भारी मतान्तरले जिते पनि। उनले जितेपछि निर्वाचन आयोगले आफूहरूले फैसला गरिरहनु नपरेको भन्दै पन्छियो। त्यसपछि अदालतमा पुगेरै यसकाे टुंगाे लगाउनुपर्ने भयाे।

रविको नागरिकता विवादमा प्रवेशै नगरी उजुरी नै निष्क्रिय बनायो आयोगले, अब अदालत जानुपर्ने

पूरा समाचार : रविको नागरिकता विवादमा प्रवेशै नगरी उजुरी नै निष्क्रिय बनायो आयोगले, अब अदालत जानुपर्ने

मंसिर ९ गते विजयी भएकाे प्रमाणपत्र लिएका उनीविरुद्ध साेही दिन गृह मन्त्रालयमा अवैध नागरिकता छानबिन गरी कारबाहीको माग गर्दै युवराज सफलले उजुरी दिए। उजुरीउपर छानबिन गरेर कारबाही हुने भयाे।

रविको नागरिकताबारे छानबिन गर्न गृहमा निवेदन, प्रमाण हेरेर अगाडि बढाउने तयारी

पूरा समाचार: रविको नागरिकताबारे छानबिन गर्न गृहमा निवेदन, प्रमाण हेरेर अगाडि बढाउने तयारी

यसकाे छानबिन अघि बढ्दै जाँदा उनकाे अर्काे अपराधकाे विषयमा उकेराले खुलासा गर्याे। उनले अमेरिकी राहदानी हुँदाहुँदै पुरानाे रद्द भइसकेकाे नागरिकताकाे प्रयाेग गरेर नेपाली राहदानी निकाले।

रविको अर्को 'अपराध'को खुलासा : अमेरिकी पासपोर्ट हुँदाहुँदै झुक्क्याएर निकाले नेपाली पासपोर्ट

पूरा समाचार: रविको अर्को 'अपराध'को खुलासा : अमेरिकी पासपोर्ट हुँदाहुँदै झुक्क्याएर निकाले नेपाली पासपोर्ट

जिल्ला प्रशासनमा उजुरी दिएका युवराज सफलले प्रशासनले चासाे नदिएकाे भन्दै अदालत जाने निर्णय गरे। सुरूमा गृह प्रशासनमा उजुरी लिन आलटाल गरेकाेसमेत उनले दाबी गरे। मंसिर ६ गते नै आफूले उजुरी दिन खाेजे पनि नमानेकाे र लामिछाने निर्वाचित भइसकेकपछि मात्र उजुरी दर्ता गरियाे।

रविको नागरिकताबारे उजुरी दिने युवराज भन्छन्' निर्वाचन आयोगले उजुरी ढिसमिस पार्यो, अब अदालत जान्छु'

पूरा समाचार: रविको नागरिकताबारे उजुरी दिने युवराज भन्छन्' निर्वाचन आयोगले उजुरी ढिसमिस पार्यो, अब अदालत जान्छु'

प्रहरीले पनि अनुसन्धान अघि बढायाे। त्यसपछि उनी सभापति रहेकाे राष्ट्रिय स्वतन्त्र पार्टीमा पनि यस विषयमा छलफल चल्याे। नेताहरू कानूनी परामर्शमा लागे। यसैबीच लामिछानेकाे नागरिकताको वैधताको बारेमा छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयलाई र उनको राहदानीबारे छानबिन गर्न परराष्ट्र मन्त्रालयलाई पत्र पठायाे।

रविको निष्क्रिय नागरिकता र झुक्क्याएर लिएको राहदानीबारे छानबिन गर्दै अख्तियार, गृह र परराष्ट्रमा पठायो पत्र

पूरा समाचार: रविको निष्क्रिय नागरिकता र झुक्क्याएर लिएको राहदानीबारे छानबिन गर्दै अख्तियार, गृह र परराष्ट्रमा पठायो पत्र

त्यसैगरी रविले निर्वाचन आयोगमा बुझाएको स्पष्टीकरण पत्र सार्वजनिक भयाे। उक्त पत्रमा उल्लेखित विवरणमा समेत उनले प्रयोग गरिरहेको नागरिकता अवैध देखियाे। 

पत्रमा उनले आफू अमेरिकी नागरिक भएपछि नेपाली नागरिकता त्याग्न निवेदनै नदिएको अनि नेपाल सरकारले पनि आफ्नो नागरिकता रद्द गर्ने निर्णय नगरेकाले आफू नेपाल फर्कँदा नेपाली नागरिकै रहेकाले नागरिकता पुन प्राप्ति सम्बन्धी प्रक्रियामा जानै नपर्ने तर्क गरे।

यसले उनले अमेरिकी नागरिकको कानुनी अधिकार त्यागेपछि नागरिकता नियमावली र नागरिकता पुन प्राप्ति सम्बन्धी निर्देशिकामा उल्लेख गरिएको प्रक्रिया अनुसार सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा नागरिकता पुन प्राप्ति सम्बन्धी निवेदन नदिएको पुष्टिसमेत गर्याे।

नागरिकता अवैध हो भन्ने 'रविले नै पुष्टि गरे'

पूरा समाचार: नागरिकता अवैध हो भन्ने 'रविले नै पुष्टि गरे'

त्यसपछि युवराज पौडेल सफल, अधिवक्ता रविराज बसौला र नानीबाबु खत्रीले मंसिर २८ गते बुधबार सर्वोच्च अदालतमा छुट्टाछुट्टै रिट दर्ता गरे। अदालतले दुवै रिटको सुनुवाइका लागि पुस ६ गते ताेक्याे।

रविको सांसद र पार्टी सभापति पद सङ्कटमा, दुवै खारेजीको माग गर्दै पर्यो २ रिट

पूरा समाचार: रविको सांसद र पार्टी सभापति पद सङ्कटमा, दुवै खारेजीको माग गर्दै पर्यो २ रिट

पुस ७ गते नवनियुक्त सांसद्हरूकाे शपथग्रहण भएकाले रिट निवेदनमा उनकाे शपथग्रहण राेक्नसमेत माग गरेकाेमा सर्वोच्च अदालतको संवैधानिक इजलासले दुवै पक्षलाई छलफलमा बोलाउने आदेश दियाे। ७ गते शपथ लिए र नयाँ सरकार बन्दा पुस १० गते बनेकाे पुष्पकमल दाहाल नेतृत्त्वकाे सरकारमा सहभागी भए अनि ११ गते उपप्रधानमन्त्री तथा गृहमन्त्रीकाे रूपमा शपथ लिए।

लामिछाने सांसद् मात्र हुँदा उनको नागरिकता र राहदानीबारे छानबिन गर्न प्रहरीलाई निर्देशन दिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले रवि गृहमन्त्री भएपछि उनको नागरिकताको विषयमा छानबिन गर्न आवश्यक नभएको अदालतमा जवाफ पठायाे। प्रशासन र प्रहरीले छानबिन गरिरहेकै व्यक्ति गृहमन्त्री नियुक्त भएपछि प्रहरीले छानबिनलाई सुस्त बनायाे।

सांसद हुँदा रविको नागरिकताबारे छानबिन सुरु गरेको प्रशासन गृहमन्त्री नियुक्त भएसँगै प्रतिरक्षामा

पूरा समाचार: सांसद हुँदा रविको नागरिकताबारे छानबिन सुरु गरेको प्रशासन गृहमन्त्री नियुक्त भएसँगै प्रतिरक्षामा

पुस २२ गते संवैधानिक इजलासको १ नम्बरमै सुनुवाइ गृहमन्त्रीकाे नागरिकता विवादकाे विषयकाे सुनुवाइ भयाे। अन्तरिम आदेश जारी गर्ने या नगर्नेबारे भएको बहसपछि अन्तरिम आदेश जारी नभए पनि इजलासले माघ ११ गते पेशी नसर्नेगरी अन्तिम सुनुवाई गर्ने आदेश दियाे।

रविको सांसद पद १५ दिनलाई थामियो, पेशी नसर्नेगरी माघ ११ मा अन्तिम सुनुवाई, प्रहरी र अध्यागमनको फाइल मगाइयो

पूरा समाचार: रविको सांसद पद १५ दिनलाई थामियो, पेशी नसर्नेगरी माघ ११ मा अन्तिम सुनुवाई, प्रहरी र अध्यागमनको फाइल मगाइयो

माघ ११ गतेलाई इजलास ताेकिए पनि रविले अदालतलाई लिखित जवाफ पठाए। लिखित जवाफमा उनले नेपाली नागरिकता त्यागेर विदेश गएको अवस्थामा मात्रै पुन: नेपाली नागरिकता पाउने प्रक्रियामा जानुपर्ने तर्क गर्दै कानूनकाे कुव्याख्या गरे।

उनले  नागरिकता ऐन, नियमावली अनि नागरिकता पुन प्राप्ति सम्बन्धी निर्देशिकामा रहेको व्यवस्था उल्लेख गर्दै 'विदेश जाँदा नेपाली नागरिकता त्यागेको गएको हकमा मात्रै पुन प्राप्ति गर्नुपर्ने कानूनी व्यवस्था आकर्षित हुने' दाबी गरे। यतिमात्र हाेइन उनले यसमा दोहोरो राहदानी बनाएको स्वीकारसमेत गरे।

गृहमन्त्री रविले सर्वोच्चमा पठाएको लिखित जवाफमा नागरिकता कानूनको अपव्याख्या, दोहोरो राहदानी बनाएको स्वीकार

पूरा समाचार: गृहमन्त्री रविले सर्वोच्चमा पठाएको लिखित जवाफमा नागरिकता कानूनको अपव्याख्या, दोहोरो राहदानी बनाएको स्वीकार

तर, निर्वाचन आयोगदेखि सर्वोच्च अदालतसम्म बुझाएको जवाफमा लामिछानेले आफूलाई निर्वाचन आयोगले सफाइ दिएको र २०७५ मै गृह मन्त्रालयले नेपाली नागरिक भएको स्वीकार गरिसकेको दाबी झुटो देखियाे।

उकेराले प्राप्त गरेको गृहको पत्र र निर्वाचन आयोगको निर्णयमा उनले गरेको दाबी अनुसारको व्यहाेरा देखिएन। ती प्रमाणअनुसार उनले आफू नेपाल आएको मिति ढाँटेको र नातेदार भिसामा नेपालमा आएर श्रम स्वीकृति नै नलिइ नेपाल टेलिभिजन र न्युज २४ टेलिभिजनसँगै अन्य व्यावसायिक फर्महरूका लागि काम गरेको देखियाे।

गृहमन्त्री रविले नागरिकताबारे अदालत र आयोगलाई ढाँटे, नागरिकताको डिजिटल रेकर्डमा छेडखानीको शङ्का (प्रमाणसहित)

पूरा समाचार: गृहमन्त्री रविले नागरिकताबारे अदालत र आयोगलाई ढाँटे, नागरिकताको डिजिटल रेकर्डमा छेडखानीको शङ्का (प्रमाणसहित)

माघ ११ गते सुनुवाइ भए पनि बहस पूरा नभएपछि अदालतले माघ १३ गतेलाई हेर्दाहेर्दैमा राखेर बहसकाे अन्तिम सुनुवाइ गर्याे। शुक्रबारकाे बहसपछि अदालतले उनकाे नागरिकता ब्यूँताउँदा  प्रकिया नपुगेकाे फैसला सुनायाे। अदालतकाे फैसलासँगै उनकाे नागरिकता अवैध देखियाे भने उनकाे पार्टी सभापति, सांसद् र मन्त्री पदसमेत गयाे। 

गृहमन्त्री रविको नागरिकता अवैध; मन्त्री, सांसद र सभापति पद गयो

पूरा समाचार: गृहमन्त्री रविको नागरिकता अवैध; मन्त्री, सांसद र सभापति पद गयो

पद गुमेसँगै गृह मन्त्रालयबाट बाहिर निस्कँदै गर्दा उनी निकै हतास देखिए। सञ्चारकर्मीसँगकाे कुराकानीमा पनि उनले आफू अनागरिक भएकाे बताए। यद्यपि अदालतकाे फैसलाकाे सम्मान गर्ने भने उनले बताए। गृह मन्त्रालयबाट निस्किएलगत्तै प्रधानमन्त्रीकाे सरकारी निवास बालुवाटार पुगेर उनी प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष राजीनामा बुझाए।

माघ १३, २०७९ शुक्रबार २२:३८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।