संयमताका साथ धैर्य राख्दै पार्टीप्रति विश्वास गर्नूस् : प्रवक्ता ढकाल
काठमाडौं : रवि लामिछाने सभापति रहेको राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री डा. मुकुल ढकालले संयमताका साथ धैर्य राख्दै पार्टीप्रति विश्वास गर्न आग्रह गरेका छन्।
शुक्रबार सामाजिक सञ्जालमार्फत ढकालले पार्टीले सुझबुझका साथ कानूनी परामर्शलाई आधार मानेर विकसित राजनीतिक घटनाक्रमका सम्बन्धमा उचित निर्णय लिने बताएका हुन्।
शुक्रबार सर्वोच्च अदालतले लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा फैसला गर्दै उनीसँग भएको नागरिकता अवैध भएको ठहर गरेपछि उनले राजीनामा दिएका थिए।
नागरिकता अवैध भएसँगै उनको पार्टी सभापति, सांसद् र मन्त्री पदसमेत उत्प्रेषणको आदेशले बदर गरेको थियो।
‘सो समयसम्म सम्पूर्णमा संयमताका साथ धैर्य धारण गर्दै पार्टीप्रति विगतमाभन्दा अझ धेरै साथ, सहयोग र विश्वास कायम राखिराख्न अनुरोध गर्दछौं’, पार्टी प्रवक्तासमेत रहेका उनले फेसबुकमा लेखेका छन्।
सर्वोच्चले शुक्रबारमात्रै लामिछानेको सांसद पद खारेजी गरिदिएसँगै उनले उपप्रधान तथा गृहमन्त्री पनि गुमाएका छन्।
माघ १३, २०७९ शुक्रबार २१:१०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।