रवि लामिछानेको नागरिकता अवैध भएकाे अदालतकाे फैसलापछि स्वतन्त्र पार्टीका सबै कार्यक्रम स्थगित
काठमाडौं : पार्टी सभापति रहेका रवि लामिछानेको नागरिकता अवैध ठहर भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना सम्पूर्ण कार्यक्रम स्थगित गरेको छ।
सर्वोच्च अदालतको संवैधानिक इजलासले शुक्रबार लामिछानेको नागरिकता अवैध ठहर गर्दै पार्टी सभापति, सांसद् र मन्त्री पदसमेबाट बाहिरिएसँगै पार्टीका महामन्त्री तथा प्रवक्ता डा. मुकुल ढकालले एक विज्ञप्ति निकालेर पार्टीले आफ्ना सम्पूर्ण कार्यक्रम स्थगित गरेको हो।
पार्टीले माघ १४ गतेदेखि सबै प्रदेशमा प्रदेश समितिहरुको विस्तारित बैठक तथा संगठन विस्तारको कार्यक्रम राखेको थियो।
प्रवक्ता ढकालले चुनौतीको घडीमा सम्पूर्ण सदस्य तथा शुभचिन्तकहरू संयमताका साथ प्रस्तुत हुनसमेत अनुरोध गरेको छ।
माघ १३, २०७९ शुक्रबार २१:०५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।