रविकाे राजीनामापछि प्रचण्डले नै गृह मन्त्रालय सम्हाल्ने
काठमाडौं : रवि लामिछानेले गृहमन्त्रीबाट राजीनामा दिएसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रालयको जिम्मेवारी लिएका छन्।
शुक्रबार सर्वोच्च अदालतले लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा फैसला गर्दै उनीसँग भएको नागरिकता अवैध भएको ठहर गरेपछि उनले राजीनामा दिएका थिए।
नागरिकता अवैध भएसँगै उनको पार्टी सभापति, सांसद् र मन्त्री पदसमेत उत्प्रेषणको आदेशले बदर गरेको थियो।
पुस ११ मा उपप्रधान तथा गृहमन्त्री भएका लामिछानेको पद ३२ दिनमै गएको छ।
गृहबाहेक प्रधानमन्त्रीले वन तथा वातावरण र युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पनि सम्हाल्दै आएका छन्।
माघ १३, २०७९ शुक्रबार १९:५६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।