राजनीतिमै फर्कन रविलाई सिके राउतको सुझाव, लेखे– ‘कमब्याकहिरो’
काठमाडौं : जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले रवि लामिछानेलाई प्रक्रिया पुर्याएर राजनीतिमा फर्कन सुझाव दिएका छन्।
अदालतले नागरिकतामा प्रक्रिया नपुगेको भन्दै अनागरिक ठहर गरेर गृहमन्त्रीबाट राजीनामा दिएपछि डा. राउतको यस्तो प्रतिक्रिया आएको हो।
लामिछानेलाई आफूले पनि आशाको केन्द्रको रुपमा हेरेको भन्दै राउतले फर्कनका लागि आग्रह गरेका हुन्।
उनले लेखेका छन्, ‘प्रक्रियागत त्रुटि वा अपराध नै किन न होस् र कतिपय राजनीतिक एजेण्डा विपरीत नै किन न होस्, तर अहिलेको संसद् र सरकारमा रविजी मेरो लागि पनि आशाको केन्द्र हुनुहुन्थ्यो। बैठक होस् वा संसद्, रविजीले नयाँ ऊर्जा, जोश र देशमा केही त परिवर्तन होला कि आशा जगाउने गर्नुहुन्थ्यो।कमब्याकहिरो’
प्रक्रियागत त्रुटि वा अपराध नै किन न होस् र कतिपय राजनैतिक एजेण्डा विपरीत नै किन न होस्, तर अहिलेको संसद् र सरकारमा #रविजी मेरो लागि पनि आशाको केन्द्र हुनुहुन्थ्यो। बैठक होस् वा संसद्, रविजीले नयाँ ऊर्जा, जोश र देशमा केही त परिवर्तन होला कि आशा जगाउने गर्नुहुन्थ्यो। #comebackhero pic.twitter.com/u5k7aIdg7S
— Dr. CK Raut (@drckraut) January 27, 2023
शुक्रबार सर्वोच्च अदालतले लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा फैसला गर्दै उनीसँग भएको नागरिकता अवैध भएको ठहर गरेको थियो।
नागरिकता अवैध भएसँगै उनको पार्टी सभापति, सांसद् र मन्त्री पदसमेत उत्प्रेषणको आदेशले बदर गरेको थियो।
पुस ११ मा उपप्रधान तथा गृहमन्त्री भएका लामिछाने पद ३२ दिनमै गएको छ।
माघ १३, २०७९ शुक्रबार १९:२४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।