राेनाल्डाेलाई चिढाउन विपक्षी टिमका समर्थककाे हुटिङः मेस्सी, मेस्सी, मेस्सी... (भिडियाे)
एजेन्सी: रोनाल्डाे सहितकाे टिम अल नासर साउदी सुपर कपको सेमिफाइनलबाटै बाहिरिएकाे छ। यस खेलअघि नै विपक्षी टिमका समर्थकहरुले राेनाल्डाेलाई चिढाउन मेस्सीकाे नाम लिएर हुटिङ गरेका थिए।
मैदानमा रोनाल्डाे सहितकाे अल नासर टिम वार्मअपमा छँदा अल नसरअल इतिहादका समर्थकहरुले स्टेडियममा मेस्सी, मेस्सी, मेस्सी..... भनेर नारा लगाएका थिए।
२०१९ र २०२० को साउदी सुपर कप च्याम्पियन अल नासर रोनाल्डोको आगमनसँगै प्रतियोगिताबाट बाहिरिएकाे छ।
पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डो आबद्ध टोली अल नसरअल इतिहादसँग पराजित हुँदै सेमिफाइनलबाट बाहिरिएको हो।
गए राति सम्पन्न सेमिफाइनल खेलमा अल इतिहाद ३-१ गोलअन्तरले विजयी भयो। याे खेलमा पनि उनले गाेल गर्न सकेनन्।
यसअघि अल नासरले साउदी सुपर कपको सन् २०१९ र २०२० को उपाधि जितेको थियो। तर सुपरस्टार खेलाडी भित्र्याएको बेला र रोनाल्डोको दोस्रो खेलमै अल नासर प्रतियोगिताबाट बाहिरियो।
🔥 جماهير الاتحاد تردد باسم اللاعب ( ميسي ) لحظة دخول لاعب فريق النصر ( كريستيانو رونالدو )#الاتحاد_النصر pic.twitter.com/WnYSswNClu
— قصي نقادي (@Qusay_itfc) January 26, 2023
माघ १३, २०७९ शुक्रबार १८:०९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।