२८ जनाको बन्द प्रशिक्षण टाेली घाेषणा हुँदा बोलाइएनन् सन्दीप
काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय पुरुष टिमको बन्द प्रशिक्षणमा २८ जना बोलाउँदा बलात्कार आरोप लागेको खेलाडी सन्दीप लामिछाने परेका छैनन्।
क्यानले शुक्रबार घरेलु मैदानमा हुने आईसीसी विश्वकप लिग–२ अन्तरगतको नेपाल, नामिबिया र स्कटल्याण्डको त्रिदेशीय एकदिवसीय सिरिजका लागि २८ खेलाडीलाई डाक्दा सन्दीप छुटेका हुन्। बलात्कार आरोप लागेपछि लामिछानेलाई क्यानले निलम्बन गरेको छ।
पहिलो खेल फेब्रुअरी १४ मा नेपालले नामिबियासँग र दोस्रो खेलमा स्कटल्याण्डसँग फेब्रुअरी १७ मा खेल्नेछ।
सिरिजमा नेपाल २४ खेलमा १८ अंक जोडेर छैटौं स्थानमा रहँदा, स्कटल्याण्ड ३२ खेलमा ४६ अंक जोडेर शीर्ष स्थानमा छ। नामिबिया ३० खेलमा ३७ अंक जोडेर तेस्रो स्थानमा छ।
यी हुन् बन्द प्रशिक्षणमा रहेका नेपाली टोलीः
कुशल भुर्तेल,आसिफ शेख,ज्ञानेन्द्र मल्ल,रोहित पौडेल,आरिफ शेख,दीपेन्द्र सिहं ऐरी,सोमपाल कामी,करण केसी,गुलशन झा,शरद भेषवाकर,ललित नारायण राजवंशी,विनोद भण्डारी,सागर ढकाल,सन्दीप जोरा,किशोर महतो,कमलसिंह ऐरी,सिद्धान्त लोहनी,अर्जुन साउद,सुर्य तामाङ,अबिनाश बोहोरा,विवेक यादव,भिम सार्की,मौसम ढकाल,कुशल मल्ल,अनिल शाह,बिक्रम सोब,भुबन कार्की,अंकित सुवेदी
माघ १३, २०७९ शुक्रबार १७:०९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।