माओवादीले भन्यो– ‘राष्ट्रिय सहमति भनेपछि कांग्रेस र एमाले कुनैको नाममा हुँदैन’

माओवादीले भन्यो– ‘राष्ट्रिय सहमति भनेपछि कांग्रेस र एमाले कुनैको नाममा हुँदैन’

काठमाडौं : माओवादी केन्द्रले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने भएको छ।

पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले यस्तो निष्कर्ष निकालेको हो।

‘राष्ट्रपतिको विषयमा राष्ट्रिय सहमति कायम गर्नुपर्छ भन्नेमा धेरैले जोड दिनुभएको छ,’ बैठकपछि प्रवक्ता कृष्णबहादुर महराले भने, ‘राष्ट्रिय सहमति भनेपछि कांग्रेस र एमाले कुनैको नाममा हुँदैन सबैको हुन्छ।’

उनले राष्ट्रिय सहमति गर्नुपर्छ भन्ने आफूहरूको मत भएकाले के हुन्छ हेर्न बाँकी रहेको बताए। एमालेसहितको सबै पार्टीहरूसँग आफूहरुले छलफल गर्ने बताए।

माघ १३, २०७९ शुक्रबार १६:५६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।