गृहमन्त्री रविको नागरिकता मुद्दामा आजै निर्णय सुनाउने तयारी, सर्वाेच्चमा बढाइयाे सुरक्षा व्यवस्था
काठमाडौंः उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादकाे मुद्दामा आजै निर्णय सुनाउने तयारी गरिएकाे छ।
यसैकारण हाल सर्वाेच्च अदालत परिसरमा सुरक्षा व्यवस्था बढाइएकाे छ। शुक्रबार सर्वोच्च अदालतमा यस नागरिकता विवाद मुद्दाको अन्तिम सुनुवाइ भएकाे थियाे।
कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संवैधानिक इजलासमा सुनुवाइ भएको हाे।
बुधबार नसकिएकाे सुनुवाइमा आज गृहमन्त्री लामिछानेका कानुन व्यवसायीहरुले बाँकी बहस गरेका थिए।
यसपछि रिट निवेदकहरुले जवाफी बहस गरेपछि सुनुवाइ सकिएको हो। रविको पक्षबाट वरिष्ठ अधिवक्ता नरेन्द्रप्रसाद गौतमले बहस गरेका थिए ।
माघ १३, २०७९ शुक्रबार १६:१३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।