थुलुङ दूधकोशी गाउँपालिकाका अध्यक्षले आफ्नै खर्चमा एक जनालाई एमबीबीएस पढाउने
काठमाडौं: सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिकाका अध्यक्ष असीम राईले आफूले पाउने तलब सुविधाबाट एक विद्यार्थीलाई एमबीबीएस पढाउने भएका छन्। खर्च अभावले पढ्न नपाएका गरिब तथा जेहेन्दार विद्यार्थीलाई उनले एमबीबीएस पढाउने निर्णय गरेका हुन्।
स्थानीय तहको निर्वाचनमा थुलुङ दूधकोशीबाट दोस्रो कार्यकालका लागि अध्यक्षमा विजयी भएपछि राईले उक्त निर्णय गरेका थिए। उनले यही माघ १२ गते सूचना जारी गर्दै छात्रवृत्तिका लागि आवेदन दिन आह्वान समेत गरेका छन्।
अध्यक्ष राईले गाउँपालिकाभित्रका इच्छुक विद्यार्थीले सम्बन्धित विषयको प्रवेश परीक्षा उत्तीर्ण गरी गाउँपालिकामा १५ दिनभित्र आवेदन दिन आग्रह गरेका छन्।
माघ १३, २०७९ शुक्रबार ०९:५०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।